काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार राति नागार्जुन नगरपालिका-८ स्थित सडकमा प्र.३-०१-०२४ च ८३२२ नम्बरको गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
गाडीमा सवार गोरखा भिमसेन गाउँपालिका-४ बस्ने ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका चालक समेत २ जना उपचार पछि डिस्चार्ज भएका छन्।