हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा छ।
आइतबार दिउँसो मधेसबाहेक ६ वटा प्रदेशमा आंशिक बदली हुने पूर्वानुमान छ। मधेस प्रदेशमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का मेघगर्जन र चट्याङसहित वर्षाको सम्भाना रहेको महाशाखाले जनाएको छ।
ती दुई प्रदेशका हिमाली क्षेत्रमा हिमापातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार राति पनि मधेसबाहेक ६ वटै प्रदेशका पहाडी र हिमाली भूभागमा मौसम आंशिक बदली हुने पूर्वानुमान छ।
राति भने वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।