धादिङमा सामुदायिक वनमा लागेको आगो बस्तीमा प्रवेश गर्दा चार घरगोठ जलेर नष्ट भएका छन्।
शनिबार दिउँसो पौने ५ बजे धादिङको गजुरी गाउँपालिका-२ को विप्लप सामुदायिक वनमा लागेको डढेलो वस्तीमा प्रवेश गर्दा दुइटा घर र दुइटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
मलेखुबाट अन्दाजी सात किलोमिटर दक्षिण पर्ने गजुरी-२ विप्लपस्थित माथिल्लो गाउँमा डढेलो पसेको हो।
डढेलोबाट स्थानीय चनमति विक र खुमराज विकको ढुंगामाटोले बनेको र जस्ताले छाएको एकतले कच्ची घर जलेर नष्ट भएको धादिङका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए।
आगलागीबाट दुवैको घर नजिक रहेको गोठ पनि पूर्णरुपमा क्षति भएको छ। मानवीय तथा पशुचौपाय क्षति नभएको डिएसपी हमालले जानकारी दिए।