काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न १०५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्म १०५ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि के-कस्तो कारबाही गर्ने भन्नेबारे छलफल गर्ने तयारी भइरहेको छ।
प्रहरीले यस घटनामा दुर्गा प्रसाईंलाई मुख्य आरोपी बनाएको छ। सरकारले यो घटना अराजनीतिक भन्दै प्रसाईंलाई कारबाही गर्ने जनाएको छ।
हाल उनी फरार छन्।
उनको खोजी प्रहरीको विभिन्न निकायले गरिरहेको छ। प्रहरीले धर्मगुरू पुस्कर खतिवडा, रवीन्द्र मिश्र, धवलशमशेर जबरा, स्वागत नेपाल लगायतलाई पनि पक्राउ गरिसकेको छ।