सिराहामा महायज्ञका गर्न भन्दै घर भत्काइएको आरोपमा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादव धरौटीमा रिहा भएका छन्।
उनीहरूलाई शुक्रबार जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजालसले जनही एक/एक लाख रूपैंया बुझाएर छाड्न आदेश दिएको हो। आदेशलगत्तै धरौटी रकम बुझाएर रिहा भइसकेको स्रेस्तेदार नीरज पोखरेलले जानकारी दिए।
उनका अनुसार पालिका अध्यक्ष र पूर्ववडाध्यमाथि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा शुक्रबार मुद्दा दर्ता भएको थियो।
उनीहरूमाथि महायज्ञका गर्न फागुन १० गते सोही वडाका दीपक मल्लिक (डोम)को घर भत्काइएको आरोप छ।
पालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई चैत ८ गते पक्राउ गरिएको थियो। भने महायज्ञका मूल पुजारी बजरंगी बाबा भने फरार छन्।