काठमाडौंको तीनकुने क्षेत्रको कर्फ्यु हटेको छ।
शुक्रबार अपराह्न ४:२५ देखि तीनकुनेमा चार किल्ला तोकेर जारी भएको कर्फ्यु आदेश शनिबार बिहान ७ बजेपछि हटेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बिहान ७ बजेसम्म जारी भएको कर्फ्यु आदेश स्थगत गरिएको जानकारी दिएको छ।
शुक्रबार तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पहिलो चरणमा अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको थियो।
राति १० बजेपछि कर्फ्यु आदेशको अवधि बढाएर शनिबार बिहान ७ बजेसम्म पुर्याइएको थियो।
गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुल, बानेश्वरदेखि शंखमुल पुल, गौशालाचोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी भएको थियो।