काठमाडौंको तीनकुनेमा लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजेसम्मका लागि थप भएको छ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार राति १० बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश थप गरेका हुन्।
तीनकुनेमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रशासन कार्यालयले अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्मलाई कर्फ्युको आदेश जारीगरेका थिए।
कर्फ्यु आदेश जारी गर्दा कोही पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन गर्न निषेध गरिएको छ।
गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुल, बानेश्वरदेखि शंखमुल पुल, गौशालाचोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी भएको हो।