तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पनि आगजनी गरेका छन्।
शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलको मूल गेटबाट सिनामंगल जानेतर्फको बारमा आगजनी भएको हो।
विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बारमा लगाइएको आगलागी नियन्त्रणमा लिइसकिएको छ।
'तारबार गरिएको ठाउँमा आगजनी भएको थियो। विमानस्थलकै दमकल प्रयोग गरी निभाएका छौं,' उनले भने।