काठमाडौंको तीनकुने घटनामा घाइते भएका ३३ जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको खुलेको छ।
शुक्रबार आन्दोलनमा घाइते भएको यकिन विवरण आइसकेको छैन।
३३ जनाको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
प्रशासन प्रमुख नारायणप्रसाद दाहालका अनुसार घाइते भएका सबैलाई नि:शुल्क उपचार गरिनेछ।
औषधि र औषधिजन्य सामग्री सम्बन्धित व्यक्तिले व्यहोर्नुपर्ने पनि उल्लेख गरेको छ।