काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि उपत्यका प्रवेश गर्ने नाला र साँगा नाकामा सवारीसाधनलाई रोक लगाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी बसुन्धरा खड्काका अनुसार अहिले दुई नाकाबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधनलाई रोकिएको हो।
‘अहिले काठमाडौंको स्थिति नियन्त्रणमा नआएको खबरपछि यहाँबाट जाने फ्लो रोक्नका लागि केहीबेरका लागि हामीले रोकेका हौं,’ उनले भनिन्।
कति समयसम्म रोक्ने भन्ने यकिन नभएको उनले बताए।