काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनले महिला सशस्त्र प्रहरीको टाउको फुटाएका छन्।
शुक्रबार दिउँसो सुरक्षाका लागि खटिएकी एक जना महिला सशस्त्र प्रहरीको टाउको फुटेको हो।
यसबारे आफूले विस्तृत विवरण लिन नपाएको सशस्त्र प्रहरीका प्रवक्ता एवं डिआइजी कुमार न्यौपानेले जानकारी दिए।
‘घाइतेको विवरण लिन सकिरहेको छैन। त्यहाँको स्थिति नियन्त्रणमा लिनेतिर सबै खटिएका छन्,’ उनले भने।