नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन भएको छ।
नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा ललितपुरको हिमालय होटलमा बिहीबारबारदेखि सम्मेलन सुरू भएको हो।
सम्मेलनको नास्टका उपकुलपति प्रा.डा. दिलीप सुब्बाले उद्घाटन गरेका छन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सुदूरपश्चिम विश्वविद्यालय, निम्स, डब्लुपिआइ, माना, अमृत साइन्स क्याम्पस, पुल्चोक क्याम्पसको सहआयोजनामा वैज्ञानिक सम्मेलन भएको हो।
सम्मेलनमा नेपाल, जापान, अमेरिका, भारत, चीन, स्विजरल्याण्ड, अस्ट्रेलियालगायत देशका वैज्ञानिक सहभागी छन्।
तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न ६ विधामा आधारित रहेर ११४ वटा वैज्ञानिक प्रस्तुती हुनेछ।
ऊर्जा भण्डारण तथा रूपान्तरण, हाइड्रोजन उत्पादन, जलवायु परिवर्तनजस्ता विषयहरूमा आधारित रहेर वैज्ञानिकहरूले प्रस्तुती दिनेछन्।
कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, विभिन्न देशबाट आएका वैज्ञानिकहरू, अनुसन्धानकर्मी, विद्यार्थीलगायत सहभागी रहेका छन्।
सम्मेलनबाट नेपालमा नै अध्ययन गरिरहेका अनुसन्धानकर्ताहरूले अन्तर्राष्ट्रियस्तरको अनुसन्धानको अनुभव आफ्नै देशमा हासिल गर्न पाउने आयोजक नेपाल मटेरियल्स साइन्स सोसाइटीले निकालेको विज्ञप्तिमा उल्लेख छ।