हुम्ला जिल्लाको कालिका केन्द्रविन्दु भएर भुइँचालो गएको छ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार साँझ ७ बजेर ४४ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि बुधबारै साँझ ६ बजेर २७ मिनेट जाँदा चीनको तिनग्री कन्ट्री आसपास केन्द्रविन्दु भएर ५.५ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ।
नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।