अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना भएको छ।
सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटनामा परेको हो।
बुधबार साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा करिब ३० जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीका अनुसार गुडिरहेको बस अचानक अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खस्न जाँदा गाडीमा सवार यात्रुहरू घाइते भएका हुन्।
प्रहरी उपरीक्षक खत्रीले दुर्घटनापछि बसमा च्यापिएका तीन जनाको अवस्था गम्भीर छ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
घाइतेहरूलाई उपचारको लागि उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र ठाडातर्फ पठाउँदै गरेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिए।