रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज पाठक (रामकृष्ण) को सवारी दुर्घटनामा परी मृत्यु भएको छ।
बुधबार दिउँसो बुटवलतर्फ जाँदै गरेका पाठकलाई भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको कारले ठक्कर दिएको थियो।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार लु ३६ प ८४४८ नम्बरको मोटरसाइकलमा गएका पाठकले बा. ०१०३१ च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा बुटवल १० राजमार्ग चौराहमा दुर्घटनामा परेका हुन्।
प्रहरीका अनुसार कारलाई उछिन्ने क्रममा मोटरसाइकल अनियन्त्रित भएपछि कारसँग ठक्कर खाएको प्रहरीले जनाएको छ।
दिउँसो ३:३३ मा भएको दुर्घटनापछि गम्भीर घाइते भएका पाठकलाई तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएकोमा ३:४८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।