रूकुम पश्चिममा बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा लागेर एक जना स्काभेटर चालकको मृत्यु भएको छ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका – ७ का ३५ वर्षीय भोलाबहादुर बुढाथोकीको बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगाले लागेर मृत्यु भएको हो।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका– ३ झिम्रुछिप्रा खोलामा वडा नं. २ संगको सीमाना जोड्ने भित्री सडक खन्ने क्रममा माथिबाट झरेको ढुंगाले लागेर बुढाथोकीको मृत्यु भएको रूकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले बताए।
बुढाथोकी भे १ क २३३० नम्बरको भोल्ब २१० नम्बरको स्काभेटरका चालक थिए।
नयाँ बाटो खन्ने क्रममा मंगलबार बेलुका ५ बजेतिर माथि झन्डै ३० मिटर माथिबाट खसेको ढुंगाले बुढाथोकीलाई लागेको थियो।
उनको घटनास्थलमै मृत्यु भएको थियो।