बोराभित्र राखेको अवस्था सिराहमा शव फेला परेको छ।
मंगलबार गोलबजार नगरपालिका-९ स्थित घुर्मी खोला किनारमा एक जनाको शव फेला परेको हो।
बोराभित्र एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए।
उनका अनुसार शव खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्थामा फेला परेको हो। शव महिलाको रहेको प्रहरीले जनाएको छ।
घटनास्थलभन्दा ५०० मिटर आसपास स्थानीयका घरहरू पनि छन्।
स्थानीयले शव रहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलमा पुगेर हेर्दा महिलाको शव गलिसकेको अवस्थामा फेला पारेको हो।
घटनाको अनुसन्धान गर्न डिएसपीको कमाण्डमा टोली खटिएको छ।
मृतक महिलाको सनाखत गर्ने प्रयास प्रहरीले गरिरहेको छ।
‘शव गलिसकेको छ, सनाखत गर्ने प्रयास भइरहेको छ। कुन उमेर समूहको हो भन्ने पनि थाहा पाउन कठिन छ,’ उनले भने।