मोरङमा यातायात कार्यालय विराटनगरबाट बिचौलिया काम गर्ने १२ जना पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित यातायात कार्यालय विराटनगर अगाडि बिचौलियाको रूपमा काम गर्ने, सर्वसाधारण मानिसलाई प्रलोभनमा पारी दु:ख दिने, हैरानी दिनेलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- ३ का ४१ वर्षीय सन्जिव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरव कुमार माझी, ३७ वर्षीय राजु कोइराला, २२ वर्षीय राजीव मण्डल, महानगरपालिका-११ बस्ने २७ वर्षीय युवराज लम्साल छन्।
त्यस्तै, महानगरपालिका-५ बस्ने ३१ वर्षीय अनिल बस्नेत, सुनसरी बर्जु गाउँपलिका-६ बस्ने २७ वर्षीय प्रविणकुमार थन्दार, मोरङ कटहरी गाउँपालिका-१ का ३७ वर्षीय भागवत राजवंशी, मोरङ बुढीगंगा गाउँपालिका-२ का ५० वर्षीय उदय कार्की र सोही गाउँपालिका वडा -१ का २१ वर्षीय सुनिल दाहाल र विराटनगर महानगरपालिका-३ का २९ वर्षीय अजयकुमार मण्डल पक्राउ परेका हुन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर सरोज खनालको टोलीले सोमबार साँझ ७ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
'उनीहरूलाई मोरङ कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेका छौं,' डिएसपी जोशीले भने।