झापामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। उनका श्रीमान घाइते भेटिएको प्रहरीले जानकारी दिएको छ।
कनकाई नगरपालिका वडा वडा नम्बर ५ मा बस्दै आइरहेका ताप्लेजुङ सिलाम घर भएकी ४० वर्षीया मनीषा मग्राती मृत फेला परेकी हुन् भने उनका ३९ वर्षीय श्रीमान् लालबहादुर सार्की घाइते अवस्थामा छन्।
एक युवकमाथि खुकुरी प्रहार भएको भन्ने खबर सुन्नसाथ मंगलबार बिहानपख इलाका प्रहरी कार्यालय सुरूङगाबाट प्रहरी टोली खटिएको थियो। उक्त घटना स्थलमा पुग्दा मनीषा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मेहेगी तामाङले जानकारी दिइन्।
‘पहिला मनीषाको हत्या भएको जस्तो देखि पनि घटनास्थलमा सल, घाँटीमा सलको पासोको डाम देखिएको देखिएको छ,’ उनले भने,’ लालबहादुरको भने घाँटीमा धारिलो हतियारले घाँटीमा चोट लागेको देखिएको छ।’
लालबहादुरको अहिले बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको इन्स्पेक्टर तामाङले जानकारी दिइन्।