काठमाडौंको नागढुंगामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आइतबार साँझ चन्द्रागिरि नगरपालिका-२ नागाढुंगा ढलानस्थित सडकमा चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हायस गाडी दुर्घटनामा परेको हो।
उक्त गाडीमा सवार ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार २ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १ जनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।