दाङ घोराहीस्थित एउटाप्लाई उद्योगमा भीषण आगलागी भएको छ।
घोराही उपमहानगरपालिका–९ खैरास्थित साङग्रिला प्लाई उद्योगमा राति करिब १ बजेदेखि लागेको आगो अझैं नियन्त्रणमा आइ सकेको छैन।
दाङका निमित्ति प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहका अनुसार आगो नियन्त्रणमा लिनका लागि जिल्लाका सबै दमकलहरु परिचालन गरिएको छ।
घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाका दमकल आगो निभाउन प्रयासरत छन्।
डिएसपी शाहले छिमेकी जिल्ला कपिलवस्तुबाट समेत दमकल आइपुगेको बताए।
त्यस्तै छिमेकी जिल्ला बाँकेबाट समेत दमकल मगाइएको र बाटोमा रहेको जानकारी दिए।
‘कपिलवस्तुबाट दमकल आइपुगेर आगो निभाउन खटिएको छ,’ उनले भने ‘ बाँकेबाट मागिएको दमकल बाटोमा छ अब केही बेरमा आइपुग्दैछ।’
डिएसपी शाहले राति १ बजेबाट आगो लागेको भनिएपनि प्रहरीले २ बजेपछि मात्रै खबर पाएको बताए। विद्युत सर्ट भइ आगलागी भएको अनुमान गरिएको छ।
आगो निभाउन प्रयास स्वरुप जिल्लाका सबै जसो पानी बोक्ने टयांङकर, स्थानीय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन खटिएका छन्।
आगलागी भएको बस्ती आसपासका स्थानीयलाई सुरक्षित बनाउन राति नै घरदेखि बाहिर निकालिएको प्रहरीले बताएको छ। डिएसपी शाहले रातिको भन्दा आगो केही नियन्त्रणमा आएको तथा आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको बताए।
आगोलागीबाट करोडौं क्षतिको अनुमान गरिएको छ।
तस्बिरहरूः



