काठमाडौंमा सालकको खपेटासहित एक जना पक्राउ परेका छन्।
चन्द्रागिरि नगरपालिका-४ पानीघाटस्थित चित्लाङ-थानकोट सडकखण्डबाट शनिबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।
दोलखा शैलुङ गाउँपालिका-६ का ३२ वर्षीय सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
उनले बोकेको झोलाबाट आठ वटा सालकका खपेटा, एउटा नंग्रा, हड्डी, दुम्सीको काँडा जस्तो तीन वटा, ५२ हजार रुपैयाँ र एउटा मोबाइल बरामद भएको छ।
उनीलाई पक्राउ गरी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय काठमाडौं हात्तिसारमा पठाएको छ।