बाँके प्रहरीले ब्राउन सुगरसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ।
नेपालगञ्ज उपमहागनरपालिका – ४ सुर्जेगाउँ बाट नेपालगञ्ज – १८ कारकाँदोका ३६ का सन्तोष विष्ट र नेपालगञ्ज – ४ का ३४ का सागर नाउँलाई चैत ८ गते पक्राउ गरेको थियो।
उनीहरु दुबै जनाको साथबाट १२ ग्राम ६९० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
चैत ९ गते नै प्रहरीले नेपालगञ्ज – १५ सुइया चोकबाट थप ब्राउन सुगर बरामद गरेको थियो।
जमुना गाउँबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १२ प ५४६० नम्बरको मोटरसाइकल छोडेर चालक भागेका थिए। फरार ब्यक्तिको पहिचान खुलेको छैन।
मोटरसाइकल चेकजाँच गर्दा दाहिने भागको अगाडिको साइड कबरमा लुकाइ राखेको अवस्थामा ११ ग्राम ९७० मिली ग्राम ब्राउन सुगर बरामद भएको थियो। फराल चालकको खोजी भइ रहेको प्रहरीले बताएको छ।
चैत ९ गते नै जानकी गाउँपालिका – ५ बुडियागाउँका ६६ वर्षीय रम्मनको साथबाट ३९ ग्राम ६० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ।
उनी सवार भे ६ प ३३०७ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। खानको साथबाट ४२, ६५० नगद पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।