रसुवामा १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भएका २३ वर्षीय नविन रावल पक्राउ परेका हुन्।
उनलाई प्रहरी चौकी स्याफ्रुबेसीबाट खटिएको टोलीलेले शनिवार दिउँसो पक्राउ गरेको हो।
रावलले किशोरीलाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।