दाङ प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको राजपुर गाउँपालिका – ६ गंदीखोला २८ वर्षीय दीपक पुन पक्राउ परेका छन्।
प्रहरीले उनलाई घोराही उपमहानगरपालिका – १७ का कटुवा खोला नजिक बाट पक्राउ गरेको थियो।
सुराकको आधारमा पुगेको प्रहरीले कटुवा खोला क्षेत्रबाट पुनलाई शुक्रबार दिउँसो पक्राउ गरेको प्रहरीले बताएको छ।
पुनको खानतलासी गर्दा २ ग्राम १६० मिलीग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसी चक्रबहादुर शाहीले बताए। पक्राउ परेका व्यक्तिमाथि अदालतबाट म्याद थप भइ थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ।