रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्।
रुन्टीगढी गाउँपालिका – ७ का चालक ३२ वर्षीय महेन्द्र थापा, स्थनीय ३५ वर्षीय महेन्द्र थापा र २० वर्षीय विवेक थापा घाइते भएका छन्।
घाइतेहरूलाई दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको रोल्पा प्रहरीले जानकारी दिएको छ।
शनिबार बेलुकी साढे ५ बजेतिर सालिवाङ हुलाकी डाँडा भित्री सडक खण्डमा सालिवाङ तर्फ दाउरा लिने जाने क्रममा रा १ ख १२८७ नम्बरको मिनी ट्रक ब्रेक फेल भइ दुर्घटनामा परेको थियो।
ट्रक सडकदेखि झन्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।