झापाबाट १६३६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
झापाको बुद्धशान्ती गाउँपालिका-४ स्थित मेची राजमार्गबाट शुक्रबार सशस्त्र प्रहरीले १६३६ किलो गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार झापाबाट इलाम आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ को ट्रकमा चेकजाँच गर्दा ५७ वटा बोरा गाँजा बरामद भएको हो।
ट्रकमा गाँजा भेटिएपछि चालकहरू धनकुटाको शहिदभूमी नगरपालिका–४ बस्ने महेश राई र ईलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत पक्राउ परेका छन्।
साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८८० रुपैयाँ र ५ थान मोबाइल सेट समेत बरामद भएको डिएसपी थापाले बताए।
नियन्त्रणमा लिइएकाहरुलाई बरामद गाँजा तथा ट्रकसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ।