पर्साको वीरगञ्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन्।
फागुन २९ गते राति वीरगञ्ज महानगरपालिका-८ को डाइमन्ड पार्टी प्यालेसमा आफूमाथि कुटपिट भएको भन्दै प्रहरीसहित ७ जनाविरूद्ध उजुरी दिएको प्रहरीले बताएको छ।
वडाध्यक्षले दुई/ तीनदिन अघि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले जानकारी दिए।
'आफूमाथि प्रहरीले पनि कुटपिट गरेको भन्दै उजुरी दिएका छन्, उजुरी आएका प्रहरी भने सोही जिल्ला होइनन्,' एसपी मिश्रले भने, 'यस घटनामा हामीले अनुसन्धान गरिरहेका छौं।'
उनीमाथि कुटपिट भएको भिडिओ पनि सार्वजनिक भएको छ। त्यसैले यस सम्बन्धी अनुसन्धान भइरहेको उनले जानकारी दिए।