दाङको घोराहीमा पोखरीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–१७ भैंसाहीकी ३९ वर्षीया सीता खनालको स्थानीय मानव निर्मित पोखरीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार दिउँसो २ बजे खनाल मृत फेला परेकी थिइन्। घरबाट उनी आफन्तको घरमा जान्छु भनेर गएको खुलेको छ।
मृत्युको कारण भने खुलिसकेको छैन।
भैंसाहीको ताल सिँचाइका लागि घोराही उपमहानगरले निर्माण गरेको ताल हो।
सिँचाइका लागि भनेर घोराहीले दुई दर्जन बढी तालहरू निर्माण गरेको छ।