रौतहटमा एसइई परीक्षामा चिट चोर्न लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबारदेखि सुरू भएको परीक्षामा रकम लिएर चिट चोर्न दिने परीक्षा निरीक्षक र चिट पुर्याउने व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दीपककुमार रायले जानकारी दिए।
यमुनामाई गाउँपालिका-५ मा रहेको यमुनामाई माध्यमिक विद्यालय झुन्खुवा परीक्षा केन्द्रमा परीक्षार्थीहरूबाट रकम लिएर मोबाइल प्रवेश गराउने निरीक्षक र मौलापुर नगरपालिका-५ स्थित लक्ष्मीनियाँ मावि मौलापुर परीक्षा केन्द्र बाहिर चिट पुर्याउने एक जनालाई पक्राउ गरेको हो।
त्यस्तै, परीक्षा केन्द्रमा चिट चोर्न परीक्षार्थीहरूले आफ्नो शरीरमा लुकाएका ४२४ वटा मोबाइल नियन्त्रणमा लिएको हो।