सिन्धुपाल्चोकबाट २२ लाख बराबरकको इलेक्ट्रोनिक चुरोट (भेप) बरामद भएको छ।
प्रहरीले गएराति बाह्रबिसे नगरपालिका-३ खुर्सानिबारीमा तातोपानी भन्सारबाट छुटेको ना ६ ख ५४९६ नम्बरको गाडीमा भन्सार छलेर ल्याइएका भेप बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।
चेकपोष्ट खुर्सानिबारीबाट खटिएको टोलीले गाडी रोकेर जाँच गरेको थियो। उक्त गाडीमा भन्सार छलेर काठमाडौंतर्फ ल्याउँदै गरेको भेप बरामद भएको हो।ब
प्रहरीले गाडीका चालक भोटेकोसी गाउँपालिका-२ बस्ने ३४ वर्षीय प्रविण खत्रीलाई नियन्त्रणमा लिएको छ।
गाडीभित्र ७४० वटा भेप बरामद भएका प्रहरीले जनाएको छ। उक्त भेप २२ लाख २० हजार बराबरको रहेको प्रहरीले जनाएको छ।