काठमाडौंमा एक जना मृत भेटिएका छन्।
काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित बागमती नदीको किनारमा एक पुरूष मृत भेटिएका हुन्।
पुरूषको शव बुधबार भेटिएको हो।
अन्दाजी ४५ वर्षीय पुरूषको अहिलेसम्म परिचय नखुलेको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।