प्रहरीले काठमाडौंबाट करिब २५ करोड बराबरको विदेशी मुद्रा बरामद गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एउटा गाडी र मानिससहित २५ करोड बराबरको रकम बरामद गरेको स्रोतले बतायो।
युरो र अमेरिकी डलर बरामद भएको स्रोतले जनाएको छ।
प्रहरीले यसबारे विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।
‘युरो र अमेरिकी डलर बरामद भएको हो। नेपालीमा कन्भर्ट गर्दा २५ करोड हुन्छ,’ स्रोतले भन्यो, ‘यसबारे सार्वजनिक गर्ने तयारी भइरहेको छ।’