धादिङको बुढीगण्डकी नदी किनारमा एक जना वृद्धको शव फेला परेको छ।
सोमबार अपराह्न ४ बजे त्रिपुरासुन्दरी गाउँपालिका-२ पड्केघारीस्थित बुढीगण्डकी नदी किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए।
गोरखा आरूघाट गाउँपालिका-१० घर भई भिमसेनथापा गाउँपालिका-३ अमिलेचौरस्थित लक्ष्मी नारायण धाम बुढीगण्डकी वृद्ध आश्रममा बस्दै आएका अन्दाजी ८५ वर्षीय देवबहादुर खत्रीको शव फेला परेको हो।
उनी बिहानै ६ बजे वृद्धाश्रमबाट निस्किएका थिए। तर अपराह्नमा उनको शव फेला परेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।