धनुषामा झडप हुँदा गोली लागेर एक जना घाइते भएका छन्।
सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीको गोली लागेर स्थानीय सन्तोष यादव घाइते भएका हुन्।
झडपले ठूलो रूप लिन थालेपछि नियन्त्रण लिन गोली चलाएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए।
‘हिजो (आइतबार) पनि चोकमा नाम राख्ने विषयमा विवाद भएको थियो,’ उनले भने, ‘घाइते भएका यादवको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।’
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।