बर्दियामा ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का २० वर्षीय विजयजंग शाही र कोहलपुर वडा नम्बर २ का ३० का लोकबहादुर सामै मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीका अनुसार शाही र मगरलाई चैत १ गते दिउँसो पक्राउ गरिएको थियो।
बर्दियाको बढैयाताल गाँउपालिका वडा नम्बर ७ कर्णालीपुल नजिकैबाट उनीहरू फक्राउ परेका थिए। भारतबाट नेपाल पैदल हिँडेर आएका उनीहरू कर्णाली पुलनजिक पुगेपछि भने लु प्र –०३–००१ प १७८२ नम्बरको मोटरसाइकल चढेका थिए। आशंका लागेर प्रहरीले खानतलासी लिएको थियो ।
उनीहरूको साथबाट पुडिया बनाइ लुकाइ छिपाइ राखेको अवस्थामा ४ ग्राम २३० मिलीग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।