डोल्पाको जिल्ला अस्पताल दुनैमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। विभिन्न विशेषज्ञ डाक्टरूहरुबाट सेवा दिने उद्धेश्यले शुक्रबार ब्याक टु लाइफ र हेरेन्डेक नेपालको सहयोगमा दुनैमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
शिविरमा मुटु रोग,स्त्रीरोग, बालरोग, नाक, कान घाँटी, सामान्य/आन्तरिक रोग लगायतको परीक्षण गरिएको थियो। मुटुरोग विशेषज्ञ डा. चन्द्रमणी अधिकारी, डा. अमृत बोगटी, डा, कृष्ण चन्द्र अधिकारी र डा, विजय घिमिरे सहभागी थिए।
४१९ जनाको निःशुल्क हृदय परीक्षण (२३० जनाको इकोकार्डियोग्राम र ५ जनाको इसीजी), उच्च रक्तचाप, मुटु रोग तथा छाती दुखाइसम्बन्धी परामर्श र उपचार गरिएको छ।
स्त्रीरोग विशेषज्ञ नेतृत्व र रेडियोलोजिस्टको सहकार्यमा स्त्रीरोग विशेषज्ञ डा. इच्छा उप्रेती र डा. कृष्ण बुढाथोकीले प्रजनन स्वास्थ्य समस्याहरूको निदान तथा उपचार, पाठेघर खस्ने समस्याका लागि पेसेरी रिङ्ग राख्ने सेवा, परिवार नियोजन परामर्श दिइएको थियो।
त्यस्तै ४७५ जनालाई स्त्रीरोग सम्बन्धी परामर्श तथा ३५२ जनाको युसिजी भिडियो एक्स-रे गराइएको छ।
बालरोग विशेषज्ञ डा. रस्मिता श्रेष्ठ र देविका खड्काले दम, न्यूमोनिया जस्ता बालबालिकामा देखिने सामान्य रोगहरूको उपचार, बच्चाहरूको वृद्धिदर तथा विकास मूल्यांकन, अटिज्म स्पेक्ट्रम डिसअर्डर लगायतको परिक्षण गरेका थिए।

२०३ जना बालबालिकालाई बालरोग सम्बन्धी परामर्श तथा उपचार गरिएको छ। डा अरुण केसीले नाक, कान घाँटी विशेषज्ञ/सर्जनको नेतृत्व गरेका थिए।
३४९ जनालाई कान, नाक, घाँटीसम्बन्धी रोगहरूको निदान तथा उपचार र सुन्ने क्षमता कम भएका २५ बिरामीहरूका सुन्ने क्षमताको जाँच गराइएको थियो। २० जना बिरामीको कानको शल्यक्रिया चैत ५ र ६ गते डा केसीले जानकारी दिए।
जनरल फिजिसियन डा. करण राजवंशीले ५०३ जनालाई सेवा दिए। आन्तरिक रोगहरूको निदान, उपचार र रोकथाम, दीर्घकालीन तथा नसर्ने रोगहरूको उपचार, मधुमेह, श्वासप्रश्वाससम्बन्धी रोगहरूको उपचार, दम , निमोनिया,ब्रोंकाइटिस, पाचनप्रणाली सम्बन्धी समस्या समाधान, पेट दुखाइ तथा ग्यास्ट्राइटिस, कलेजो तथा आन्द्रासम्बन्धी समस्या, पाचन शक्ति कमजोर हुने समस्या संक्रामक तथा सामान्य रोगहरूको उपचार, तथा आवश्यक बिरामीको भिडियो एक्सरे पनि गरिएको थियो।
शिविरमा १५ सय ९१ जनाले सेवा लिएका थिए। उनीहरु सबैको परीक्षण तथा औषधि वितरण नि:शुल्क गरिएको जिल्ला अस्पताल दुनै डोल्पाका डा. अखण्ड उपाध्यायले जानकारी दिए।