कर्णाली नदी कटाउन खोजिएको गाई घर फर्किएको छ।
बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ स्थित कर्णाली नदीमा गत फागुन २९ गते मलामी गएकाहरूले कर्णाली कटाउन खोजेको गाई घर फर्किएको हो।
गाई स्थानीय साउने सार्कीको घर फर्किएको हो। साउने सार्कीको फागुन २८ गते निधन भएपछि भोलिपल्ट अन्त्येष्टि गरिएको थियो।
साउने सार्कीको निधनपछि परिवारले उक्त गाई गौदान गरेका थिए।
स्थानीय बासिन्दा धनबहादुर बिसीले गाई घर फर्किएको सेतोपाटीलाई बताए। ‘कर्णालीमा हेल्याएको रात नै गाई घर फर्केको हो,’ उनले भने।
गाईलाई कर्णाली कटाउन ढुंगा प्रहार गरिएको भन्दै आलोचना भएको थियो।
यो गाई साउने सार्कीका परिवारले केही समयअघि कालिकोटबाट किनेर ल्याएर घरमा पाल्दै आएका थिए। ‘गाई कर्णाली नदी तर्न नसकेपछि सोही दिन बेलुकी घर फर्किएको हो,’ उनले भने।
गाईलाई कर्णाली कटाउन स्थानीयले ढुंगासमेत प्रहार गरेको भन्दै आलोचना भएको थियो। भिडिओसमेत भाइरल भएपछि प्रहरी प्रशासनले गाई र ढुंगा प्रहार गर्नेहरूको खोजी गरेको थियो।
यो पनि: परम्परा धान्ने नाममा बाजुरामा गाईमाथि क्रूर व्यवहार (भिडिओ)