काठमाडौंको चन्द्रागिरिमा निर्माणधीन पार्कको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
शनिबार बेलुकी चन्द्रागिरि नगरपालिका-८ स्थित निर्माणधीन पार्कको पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सल्यानको कालिमाटि गाउँपालिका-४ घर भई चन्द्रागिरि बस्दै आएका धनश्याम थापाकी पाँच वर्षीया छोरी पूर्णिमा थापा छिन्।
पोखरीमा डुबेपछि घनश्यामले पूर्णिमालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याएका थिए।
साँझ ७:१३ बजे चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
बालिका डुबेको उक्त पार्क सार्वजनिक रहेको बुझिकएको घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।