चैत १ गते होलीको दिन दाङमा झन्डै दुई सय जना मोटरसाइकल चालक कारबाहीमा परेका छन्।
सबभन्दा बढी तुलसीपुर क्षेत्रमा ८२ जना, घोराही क्षेत्रमा ७९ जना, वडा प्रहरी कार्यालय लमही क्षेत्रबाट २२ जना र इलाका प्रहरी कार्यालय भालुवाङ क्षेत्रबाट १५ जना सवारी नियम उल्लंघन गरी मोटरसाइकल चलाउनेहरू कारबाही परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरले ८२ जना, जिल्ला प्रहरी कार्यालय दाङले ३२ जना, जिल्ला ट्राफिक कार्याययले २२ जना, वडा प्रहरी कार्यालय घोराहीले २५ जना, लमही क्षेत्रबाट २२ जना र भालुबाङ क्षेत्रबाट १९ जना गरी कुल एक सय ९८ जना मोटरसाइकल चालक कारबाहीमा परेका हुन्।
१९ जना चालकलाई प्रहरी नियन्त्रणमा लिइएको थियो। तीमध्ये १५ पुरूष र चार महिला थिए। मापसे गरेका तथा होहल्ला गरी समाजको शान्ति भंग गर्न प्रयास गर्नेहरूलाई नियन्त्रणमा लिई बेलुकी मात्रै छोडिएको थियो।
जिल्ला प्रहरी कार्यालय दाङले होली लक्षित सुरक्षा योजना बनाइन प्रहरी निरीक्षक रामकुमार केसीको कमाण्डमा प्रहरी परिचालन गरेको थियो।
त्यो टोलीले बजारका चोक, राजमार्गहरूमा दुर्घटना हुन नपाओस् भनेर विशेष गरी दुई पाङ्ग्रे सवारी चेकजाँच गरेको थियो। मापसे गरी मोटरसाइकल चलाउने, हेलमेट नलगाई मोटरसाइकल चलाउनेहरूदेखि एउटै मोटरसाइकलमा तीनदेखि चार जनासम्म यात्रा गर्नेहरूलाई होल्डमा राखिएको प्रहरी निरीक्षक केसीले बताए।
पछिल्लो तथ्याङ्क नियाल्दा जिल्लामा सबभन्दा बढी मानवीय क्षतिका घटना दुई पाङ्ग्रे सवारीबाट भएको देखिन्छ।
चाडपर्वको बहानामा बढीजसो किशोर र युवाबाट हुने लापरबाहीका कारण हुन सक्ने सम्भावित दुर्घटना प्रहरीकै सक्रियताका कारण टरेको गरेको प्रहरी निरीक्षक केसीले बताए।
पूर्वसुरक्षा योजना बनाई काम गर्दा एउटै पनि दुर्घटना होलीका दिन नभएको प्रहरी निरीक्षक केसीले बताए।
प्रहरीले होलीको दिन साना सवारी लक्षित चेकजाँचलाई प्राथमिकता दिएपछि ठूला सवारी साधन पनि चेकजाँच गरेको थियो।