मकवानपुरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
बिहीबार साँझ साढे ६ बजे हेटौडा उपमहानगरपालिका-४ सितलमहल चोकनजिक गरूडपथ जाने भित्री सडक खण्डको सिर्जना पौडेलको घर अगाडि शंकास्पद प्रेसर कुकर फेला परेको थियो।
बेलुका ८ बजे नेपाली सेनाको बम डिस्पोजल युनिट घटनास्थल पुगेको थियो। सेनाको टोलीले ९:१० बजे शंकास्पद वस्तु डिस्पोज गरेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
उक्त शंकास्पद वस्तु विस्फोटक पदार्थ नभएको पनि उनले बताए।