मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको छ।
मन्त्री लेखीको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको हो।
आइतबार राति ११ बजे अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेस प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाले जानकारी दिए।
'सुरूमा स्थानीय अस्पताल लगिएको थियो। थप उपचारका लागि नोबेल अस्पताल पुर्याउँदा रातको १२ बजे उहाँको मृत्यु भएको हो,' उनले भने।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको एसएसपी कोइरालाले बताए।