रूस-युक्रेन युद्धमा रोल्पाका एकजनाको मृत्यु भएको छ।
रोल्पाको सुनछहरी गाउँलिका-५ जैमाकसलाका ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको मृत्यु भएको हो।
उनी रूस गएको गत असोजमा १ वर्ष पुगेको थियो।
भिडन्तमा उनको मृत्यु भएको खबर पाएपछि परिवारले सोमबारदेखि नै काजकिरिया सुरू गरेको उनका दाइ दुर्गा बुढाथोकीले जानकारी दिए।
तीर्खबहादुर पूर्व वडाध्यक्ष पनि हुन्।
२०७४ को स्थानीय तह निर्वाचनमा तीर्खबहादुर एमालेबाट सुनछहरी-५ मा वडाध्यक्ष निर्वाचित भएका थिए।
एमाले २०७९ को स्थानीय तह निर्वाचनमा पुनः तिर्खबहादुरलाई नै वडाध्यक्षको उम्मेदवार बनाएको थियो । त्यतिबेला भने उनी माओवादी केन्द्रका देवीलाल रोकामगरसँग पराजित भएका थिए।
रूसमा मारिएका तिर्खबहादुरका श्रीमती, एक छोरा र एक छोरी छन्। उनकी श्रीमती अनमी हुन्।
तिर्खबहादुरसँग फागुनयता परिवारको सम्पर्क भएको थिएन। रूसी सैनिकमा कार्यरत एक जना नेपालीले उनको मृत्यु भएको भन्ने खबर गरिदिएको दुर्गाले बताए।