रूपन्देही प्रहरीले अवैध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ।
कपिलवस्तुको मायादेवी गाउँपालिका-३ का २४ वर्षीय विवेक पाण्डे, २३ वर्षीय स्वतन्त्र उपाध्याय र १८ वर्षीय अमजद खानलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए।
उनका अनुसार गत आइतबार सिद्धार्थनगर नगरपालिका-८ बैंक कोलोनीबाट उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूबाट २०५ ग्राम ब्राउन सुगर, तीन थान मोबाइल र एकथान डिजिटल तराजु बरामद भएको प्रहरीले जानएको छ।
सोमबार जिल्ला अदालत रूपन्देहीबाट ५ दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।