ऋतुचक्रअनुसार चैत-वैशाख वसन्त याम हो।
पाखैभरि फुलेका किसिम किसिमका गुराँस र बेसीतिर उन्मुक्त फक्रने सिमलले वासन्ती शोभा भरपूर बढाउँछन्।
काठमाडौं उपत्यकामा चेरी र आरू फूलले त्यस्तै वसन्तको लालित्य डाकेका छन्।
सहरका किनारैभरि रातै, सेतै फुलेको आरू–चेरीको मोहक सौन्दर्यले युवायुवतीलाई तानेको छ। उनीहरू पातै छोपिने गरी फुलेका यी फूलको सौन्दर्यलाई मोबाइलमा कैद गरिरहेका भेटिन्छन्। कोही यिनै फूलसँग मुसुक्क मुस्कुराउँदै सेल्फीसमेत खिचिरहेका हुन्छन्।
अहिले भृकुटीमण्डपभित्र, नक्साल, कोटेश्वर आसपास चेरी उत्सव देख्न सकिन्छ। सवारी साधनको चापले उकुसमुकुसतुल्य काठमाडौंमा वसन्तको यो शोभाले दृश्यलाई शीतल तुल्याएको छ।
काठमाडौंको सौन्दर्यमा निखार ल्याउने यो वासन्ती फूल धेरै समय भने रहँदैन। मध्यफागुनदेखि फुल्न थाल्ने यी फूलहरू चैत लाग्दानलाग्दै झरी सक्छन्।
त्यसपछि सुरू हुन्छ, ज्याकरान्डा उत्सव।
टुँडिखेल आसपास, नक्सालचौर लगायत ठाउँमा नीलै फुल्ने ज्याकरान्डा फूलले गृष्मको गर्मीलाई शीतल तुल्याइदिन्छन्।
हेर्नुहोस् काठमाडौं उपत्यकाका केही स्थानमा चेरी उमंग
-1741608946.jpg)
-1741608944.jpg)
-1741608946.jpg)
-1741608945.jpg)
-1741608947.jpg)
-1741608945.jpg)
-1741608945.jpg)
-1741608945.jpg)
-1741608943.jpg)
-1741608944.jpg)
-1741608943.jpg)
-1741608943.jpg)
-1741608943.jpg)
-1741608947.jpg)