धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर स्थित बाँदरेमा सुख्खा पहिरो खसेको छ।
इलाका प्रहरी कार्यालय बेनिघाटले दिएको जानकारीअनुसार बिहीबार दिउँसो १२:४५ बजे सुख्खा पहिरो खसेको हो।
पहिरो खसेपछि पृथ्वीराजमार्गको बाँदरे खण्ड एकतर्फी सञ्चालनमा छ। पहिरो हटाउने काम भइरहेको छ।