काठमाडौंको धुम्बाराहीमा एउटा बसमा आगलागी भएको छ।
बुधबार राति सवा ११ बजे धुम्बाराहीको टोयोटा पार्क पछाडि रहेको सुन्दर चार्जिङ स्टेशनमा मर्मतका लागि ल्याइएको प्रदेश-३-०१-००५ ख ९६३९ नम्बरको विद्युतीय बसमा आगलागी भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आगलागी झन्डै १ घन्टापछि सवा १२ बजे नियन्त्रणमा लिइएको थियो।
आगो निभाउन दुइटा दमकल प्रयोग गरिएको थियो। प्राविधिक टोलीले चेकजाँच गरिरहेको एसपी बोहोराले जानकारी दिए।