३४ वर्ष अघिको एउटा कतर्व्य ज्यान मुद्दामा तीन वटै अदालतबाट २० वर्ष कैद सजाय तोकिएका एक दम्पतीलाई प्रहरीले पक्राउपछि बुधबार सार्वजनिक गरेको छ।
साबिक हाँसिपुर गाविस वडा नं. १ र हालको राजपुर गाउँपालिका–९ घर भएका ८१ वर्षीय जितबहादुर नेपाली र उनकी ५६ वर्षीया श्रीमती नमी दमेनी दम्पतीलाई प्रहरीले फागुन १९ गते कपिलवस्तुबाट पक्राउ गरी दाङ ल्याएको थियो।
२०४७ /११/०२ गते यो दम्पतीले बच्चा जन्माई हत्या गरी खाडल खनी बारीमा पुरी फरार भएको अभियोग थियो।
सोही कतर्व्य ज्यान मुद्दामा जिल्ला अदालतले २०५७/०६/०९ गते सर्वश्वसहित जन्म कैदनको फैसला सुनाएको थियो। त्यसपछि तत्कालीन पुनरावेदन अदालत तुलसीपुरबाट २०५९/०२/०६ गते जन्मकैद २० वर्ष फैसला सुनाएको थियो। त्यस्तै सर्वोच्च अदालतले २०६१/०४/१४ गते २० वर्ष कैद सजाएको फैसला सदर गरेको थियो।
त्यो समयदेखि फरार रहँदै आएका इप्रका भालुबाङबाट खटिएको प्रहरी टोलीले फागुन १९ गते पक्राउपछि बुधबार सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले पक्राउ परेका दम्पतीलाई अदालतमा पेस गरिएको र अदालतको आदेशले कारगार चलान गरिएको बताए।