थाइल्याण्डबाट नेपाल आएका एक युवक सेतो हेरोइनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
बुधबार दिउँसो १ बजे नेपाल एयरलाइन्सबाट काठमाडौं आएका सुनसरी धरान महानगरपालिका-१९ का २६ वर्षीय मनिष राई पक्राउ परेका हुन्।
उनले लुकाइछिपाइ ल्याएको सेतो हेरोइन ३ ग्राम १५ मिलिग्रामसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।
'यस घटनामा हामीले अनुसन्धान गरिरहेका छौं,' उनले भने।