मकवानपुरमा डम्पिङ साइटमा नवजात शिशुको शव भेटिएको छ।
मंगलबार साँझ साढे ६ बजे मनहरी गाउँपालिका-७ मा रहेको डम्पिङ साइटमा सालनालसहितको नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक विशाल सापकोटाका अनुसार शव जेब्रा झोलाभित्र कपडाले बेरिएको अवस्थामा भेटिएको थियो।
रक्ताम्य अवस्थामा फेला परेको शिशुको शव पोस्ट मर्टमका लागि जिल्ला अस्पताल पठाइएको उनले बताए।
उक्त शव छोरीको रहेको र एक दुई दिन अघि मात्रै जन्माएर फालिएकोजस्तो देखिने उनले बताए।
नवजात शिशुलाई कसले त्यसरी फाल्यो भन्ने अनुसन्धान भइरहेको इन्स्पेक्टर सापकोटाले बताए। त्यसका लागि स्थानीयहरू र अस्पतालहरूमा सोधपुछ भइरहेको उनले जानकारी दिए।